एनएमबि बैंकको १ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयरको बिक्री खुलाएको छ । 

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयरको बिक्री खुलाएको हो । 

Advertisement

यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । 

इच्छुक विद्यमान शेयरधनीले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालय बबरमहल, काठमाडौँमा निवेदन दिनुपर्नेछन । 

३५ दिनभित्र विद्यमान शेयरधनीबाट कुनै निवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । 

Advertisement

Advertisement