बालेन शाहले भेटे कीर्तिमानी कान्छा आरोही, निमाले सुनाए अनुभव

Advertisement

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कीर्तिमानी कान्छा आरोही निमा रिन्जी शेर्पालाई भेटेर बधाई दिएका छन् । 

निमाले १८ वर्षकै उमेरमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल (फोर्टिन पिक्स) आरोहण गरेर सबैभन्दा कान्छो आरोहीको रुपमा कीर्तिमान बनाएका थिए । 

Advertisement

काठमाडौँ महानगरपालिकाको कार्यालयमा भएको भेटमा बालेनले निमालाई बधाईसहित बुद्धको मुर्ती उपहार दिएका थिए । त्यस क्रममा निमाले हिमाल आरोहणका क्रममा आफ्नो अनुभव पनि सुनाएका थिए । 

मेयर बालेन पर्वतारोहणप्रति सकारात्मक रहेको र उनले निकै चासो राखेको भेटपछि निमाले बताए । 

Advertisement

Advertisement