रवि लामिछानेलाई तर्साउँदै सरकार, गोर्खा मिडियाका पूर्वसञ्चालक छबिलाल जोशी पक्राउ

Advertisement

काठमाडौं । सरकारले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् । उनी गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक हुन् । 

सोही मिडियाका पूर्वसञ्चालक एवं प्रवन्ध निर्देशक रवि लामिछानेलाई तर्साउन सरकारले जोशीलाई पक्राउ गरेको देखिन्छ । लामिछाने राष्ट्रिय स्वतन्त्र पाटीृका सभापति पनि हुन् । 

Advertisement

प्रहरीले जोशीलाई राजधानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी गरिएको छ । 

सूर्य थापा नेतृत्वको संसदीय छानविन समितिले लामिछानेसहित गोर्खा मिडियाका सञ्चालकहरु सबैलाई कारवाही गर्न सिफारिस गरेको थियो । यद्यपि उनले कुनै सरकारीबाट ऋण लिएको वा अपचन भने नगरेको समितिको प्रतिवेदनमा उल्लेख छ । 

लामिछाने पछिल्लो समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नजिकिएपछि उनी सरकारको निशानामा परेका हुन् । समितिले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारवाही सिफारिस गरेको छ । 

Advertisement

Advertisement