समय अपुग भएको भन्दै सहकारी विशेष समितिको म्याद थप्ने तयारी

Advertisement

काठमाडौं। सहकारी संस्थाहरुको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद थप्ने तयारी गरिएको छ । 

समय अपुग भएको भन्दै समितिले म्याद थप्न गर्न प्रतिनिधिसभाका सभामुखलाई सिफारिस गरेको छ । समितिको म्याद यही आउँदो भदौ २२ गते सक्किँदैछ । एक हप्ताभित्र प्रारम्भिक प्रतिवेदन तयार गर्ने तयारीमा रहेको विशेष समितिको म्याद कम्तिमा १५ दिनका लागि थप गर्न लागिएको हो । 

Advertisement

मंगलबार बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा समितिको म्याद थपसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । तत्कालिन गृहमन्त्री रवि लामिछानेलाई लक्षित गरी नेपाली कांग्रेसको दबाबमा निर्माण गरिएको यो समितिले लामिछानेसँग नौ घण्टा लामो बयान पनि लिइसकेको छ । 
 
लामिछानेमाथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि गत जेठ १५ मा एमाले सांसद सूर्य थापाको सभापतित्वमा यो विशेष समिति गठन भएको थियो । तीन महिना समय तोकिएको यो समितिले सहकारी क्षेत्रका विभिन्न व्यक्तिसँग पनि छलफल गरिसकेको छ । 

Advertisement

Advertisement