नेपाल पर्वतारोहण संघले ‘ट्रेनिङ इन्स्टिच्यूट’ स्थापना गर्ने

Advertisement

काठमाडौं । नेपाल पर्वतारोहण संघले ‘ट्रेनिङ इन्स्टिच्यूट’ स्थापना गर्ने भएको छ । 

ट्रेनिङ इन्स्टिच्यूट स्थापना गर्न संघको वार्षिक साधारण सभाबाट पारित भइसकेको र काम पनि अगाडि बढीरहेको अध्यक्ष निमा नुरु शेर्पाले बताए । 

Advertisement

उनका अनुसार ट्रेनिङ इन्स्टिच्यूटले नेपालको पर्वतारोहण क्षेत्रमा टेवा पुग्ने छ । संघले विगतदेखि नै पर्वतारोहण सम्बन्धीको तालिमहरु दिंदै आएको थियो । त्यो चाहिँ सिमित थियो अब भन ट्रेनिङ इन्स्टिच्यूट नै स्थापना गर्ने र वर्षभरी नै सम्भाव भएसम्म तालिम दिने गरी तयारी भइरहेको उनले बताए । 

तालिमको लागि पाठ्यक्रम पनि तयारी भइरहेको छ । उनले भने, ‘यसको मुख्य उद्देश्य हिमालमा काम गर्ने पर्वतारोही लगायत त्यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो ।’ 
 

Advertisement

Advertisement