पुनः ग्राण्डी सिटी अस्पतालमा पद्य ज्योति समूहको अवरोध, सौरभ ज्योति मुख्य झगडालु

Advertisement

काठमाडौैं । डा. रुप ज्योतिले कान्तिपथमा सञ्चालन गर्दै आएको ग्राण्डी सिटी अस्पतालको भवन खाली गर्न पद्य ज्योति समूहले पुनः काठमाडौं महानगरपालिकाका नगर प्रहरी ल्याएर हस्तक्षेप गरेको छ । 

बुधबार दर्जनौं संख्यामा नगर प्रहरी आएर अस्पतालका बिरामी बालबच्चा र सुत्केरीलाई आतंकित बनाएको रुप ज्योति समूहको गुनासो छ । अस्पताल रहेको भवनमा आफ्नो अंशको खण्ड खाली गर्न भन्दै दाई पद्य ज्योतिले डा. रुप ज्योतिलाई दबाब दिँदै आएका छन् । 

Advertisement

रुप ज्योति समूहले भने आफूले दाइको अंशमा रहेको भवनको खण्डको सहमतिअनुसार भाडा तिर्दै आएको र नपुगे थप्न पनि तयार रहेको अवस्थामा भवन खाली गर्न अनावश्यकरुपमा दबाब दिएको बताउँदै आएको छ । पारिवारिक विवादलाई लिएर दाइ पद्य ज्योति र उनका छोराहरुले परिवारको बदनाम गरेको, सम्पत्तिको लागि विवेकहीन बनेको, कानुनी हठकण्ठा अपनाएर दुःख दिएको डा. रुप ज्योतिले बताउँदै आएका छन् । 

पारिवारि झगडा बढाउन पद्य ज्योतिका छोरा सौरभ ज्योति बढी जिम्मेवार रहेको र उनकै घमण्ड र जितको सामु दाइ पद्य ज्योति पनि निरीह बनेको रुप ज्योतिका परिवारको ठम्याइ छ । भाइ पद्य ज्योतिले दाइकै सहमतिमा अस्पताल रहेको भवनमा आफूले उपकरणहरु जडान गर्न २० करोडभन्दा बढी लगानी गरेकाले विकल्पविना ती उपकरणहरु निकाल्दा टुटफुट भएर नष्ट हुने भन्दै डा. रुप ज्योतिले भवन खाली गर्न एक बर्षको समय दिनुपर्ने माग गर्दै आएका छन् । तर पद्य ज्योति समूहले आफूहरुले पहिलेदेखि नै आफ्नो अंशमा रहेको खण्ड खाली गर्न आग्रह गर्दा डा. रुप ज्योतिको परिवारले आनाकानी गरेको बताउँदै आएको छ । 

अस्पतालमा रहेका बालबालिका र सुत्केरीहरु उपचार गरिरहेको समयमा बारम्बार नगर प्रहरी ल्याउँदा उनीहरुमा कस्तो असर पर्ला ? भन्दै डा. रुप ज्योतिले भने, ‘अस्पताल खोलेर बसेपछि बिरामीलाई सेवा दिनु दायित्व हुन्छ । अस्पतालमा आएका बिरामीलाई नआउन भन्न सकिन्न । आज फेरि अस्पतालमा नगर प्रहरी ल्याएर भवन खाली गराउन खोज्ने कुराले मलाई निकै दुखित बनाएको छ । वास्तवमा यो हाम्रो पारिवारिक विवाद हो । यसरी बाहिर बदनाम गर्ने र रमिता देखाउने काम दाइको परिवारले गर्न हुन्थेन ।’ 
 
दुई–चार जना नगर प्रहरी आएर कुरा गर्दा पनि हुनेमा तीन–चार वटा गाडीमा ३०–४० जना आएको देख्दा आफूलाई आश्चर्य लागेको उनले बताए । पूर्वमन्त्री समेत रहेका डा. ज्योतिले थपे, ‘यति धेरै बल प्रयोग गर्नुपर्ने, यति धेरै रमिता देखाउनुपर्ने कारण के हो ? महानगरले पनि विचार गर्नुपर्ने हो यस्तो कुरामा । मैले कुनै सरकारी सम्पत्ति हडपेको विषय होइन् । हाम्रो पारिवारिक समस्या हो ।’

नेपालमा दुई पांग्रे अटोमोवाइल ब्राण्डहरु हिरो र होण्डालाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका डा. रुप ज्योतिलाई पद्य ज्योतिले परिवारले एक्ल्याउने, मुनाफामा हिस्सा नदिने, दर्जनौ मुद्दा हालेर दुःख दिने जस्ता कार्य गरेपछि दुई दाजुभाइबीच सम्वन्ध चिसिँदै गएको छ । 

यो पनि पढ्नुहोस्ः

पद्य ज्योतिलाई भाईको जवाफ– थप १० वर्षको बहाल तिरिसकें, तत्कालै अस्पताल खाली हुन्न

दाइ पद्य ज्योतिले विवेक गुमाए, कानुनको अस्त्र देखाएर दुःख दिएः डा. रुप ज्योति

आफ्नै भाईप्रति निर्मम दाई पद्य ज्योति, बिरामीलाई निकालेर ग्राण्डी सिटी अस्पताल खाली गर्न दबाब

Advertisement

Advertisement