एशिया ईकोनोमिक फोरममा भाग लिन उद्योग संगठन मोरङको प्रतिनिधि मण्डल सिंगापुर प्रस्थान

Advertisement

काठमाडौं । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा संगठनको १४ सदस्यीय प्रतिनिधि मण्डल एशिया ईकोनोमिक फोरममा भाग लिन शनिबार सिंगापुर तर्फ प्रस्थान गरेको छ ।

संगठनले सिआईएम डेलिगेशन मिसन टु सिङ्गापुर नामक मिसनमा त्यसतर्फ प्रस्थान गरेको जानकारी गराएको छ ।

Advertisement

प्रतिनिधिमण्डलमा संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्द किशोर राठी, उपाध्यक्ष त्रय राजकुमार गोल्छा, भोलेश्वर दुलाल, बिपिन काबरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, जयन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल, बिरेन्द्र राठी, सन्तोष कुमार भगत र महानिर्देशक चुडामणी भट्टराई सहभागी छन् । 

undefined

एशिया प्रशान्त क्षेत्रका २७ भन्दा वढी देशका व्यापारिक समुदायहरू सहभागि हुने कन्फेडेरेशन अफ एशिया प्यासिफिक चेम्वर अफ कमर्श एण्ड ईण्डष्ट्रिज र सिङापुर म्यानुफ्याक्चरिङ एशोसिएशनको संयुक्त आयोजनामा कार्तिक २६ र २७ गते सिंगापुरमा हुने ईकोनोमिक फोरम तथा ३८ औं क्यासी कन्फेरेन्समा संगठनको प्रतिनिधि मण्डलले सहभागिता जनाउने छ । 

Advertisement

Advertisement