काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
लघुवित्तले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल २ हजार १४ हजार ६४७ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । लघुवित्तले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिसकेको छ ।
इच्छुक खरिदकर्ताले १५ दिनभित्र बन्दीपुर १ डुम्रे, तनहुँमा रहेको लघुवित्तको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।