काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश र मर्जरको प्रस्ताव राखेर १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
सभा, मंसिर १९ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लब काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ ।
सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपियाँको करसहित ५ प्रतिशतका दरले ९७ करोड १ लाख २५ हजार ७८६ रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण पनि सभाले गर्नेछ।
सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक गृहकार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सञ्चालकको भत्ता तथा सुविधा थप गर्नेलगायतका विशेष प्रस्ताव पनि समावेश छन् ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ९ गते एक दिन बुक क्लोज गर्नेछ ।
मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।