एभरेष्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

Advertisement

काठमाडौं । एभरेष्ट बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच Alipay+ को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नमस्ते पे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।  

Advertisement

यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर  तथा यसका इन्ट्रोपेरेवल क्यूआरको मर्चेन्ट क्यूआरमा Alipay+को नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । 

चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत  नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

Advertisement

Advertisement