ललितपुर महानगरपालिकाले सहकारी विकास बोर्डको पर्खाल भत्कायो

Advertisement

काठमाडौं । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको संरचनामा डोजर चलाएको छ । अनधिकृतरुपमा बनाएको भन्दै महानगरका प्रहरी र डोजर लगाएर आइतबार पर्खाल भत्काइएको हो ।  

नगरप्रमुख सीताराम हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्ड विपरीत गएर संरचना बनाएको बताए । उनले सहकारीलाई ७ दिने सूचना निकालेर ध्यानाकर्षण गराउँदा पनि व्यवास्था नगरेको कारण आफूहरुले डोजर चलाएको बताए । 

Advertisement

हाछेथुले भने, ‘यहाँ मापदण्ड विपरीत गएर संरचना बनाइएको थियो । यो मापदण्ड विपरीत छ भनेर पहिले नै निर्णय भइसकेको थियो । सहकारीले जनताको बाटो बढि मिचेर संरचना बनाएको छ । जनताको बाटो जनताले नै प्रयोग गर्न पाउनुपर्छ भन्ने हो । यहाँ मुद्दा परेपछि संरचना भत्काँउन अदालतले ललितपुर महानगरपालिकालाई निर्देशन दिएसँगै ललितपुर महानगरको निर्देशनमा भत्काँउन सुरु गरेका हौं । हामीले सात दिनको समय पनि दिएका थियौं ।’ 

Advertisement

Advertisement