नेशनल डेन्टल हस्पिटलले ५० हजार कित्ता अवितरित हकप्रद बिक्री गर्दै

Advertisement

काठमाडौं । नेशनल डेन्टल हस्पिटल लिमिटेडले अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । 

हस्पिटलले जगेडामा रहेको ५० हजार १९४ कित्ता हकप्रद शेयर हाल कायम चुक्ता पुँजीको ९.४६ प्रतिशतको अनुपातमा बिक्री गर्न लागेको हो । 

Advertisement

यो शेयर खरिदका लागि कायम शेयरधनीले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । शेयरको मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ । 

साथै, खरिदकर्ताले मंसिर १० देखि पुस १४ गतेसम्म आफूले किन्न शेयरबराबरको रकम हस्पिटलको सम्बन्धित बैंक खातामा जम्मा गरिसक्नुपर्ने बताइएको छ । 

Advertisement

Advertisement