गौरीशंकर बालगृहको मर्मत गरिएको भवन वर्ल्डलिंकद्वारा हस्तान्तरण

Advertisement

काठमाडौं । नेपालको ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले दोलखाको गौरीशंकर बालगृहको भवन पूर्णरूपमा मर्मत गरि हस्तान्तरण गरिएको बताएको छ । 

कम्पनीले आफूहरुले महत्वपूर्ण सामाजिक उत्तरदायित्वसम्बन्धी परियोजना पूरा गरेको भन्दै भवन हसतान्तरण कार्यक्रममा वर्ल्डलिंकका लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमकी प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्यायलगायत सहभागी रहेको जानकारी दिएको छ । 
 
वर्ल्डलिंकले २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त संस्थाको भवनको छाना चुहावट तथा भित्ताहरूको मर्मत सँगै झ्यालढोकाको मर्मत तथा रङ्गरोगन, तीनवटा शौचालय तथा तीनवटा स्नानगृहको समग्र पुनर्निर्माण र आश्रित १७ जना बालकका लागि डस्ना तथा कम्बल र स्टेशनरी सामान प्रदान गरेको बताउको छ । 

Advertisement

जस कार्यले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा मानसिक समग्र विकासलाई मद्दत पुर्याउने कम्पनीको आशा छ ।

Advertisement

Advertisement