प्राइम बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

Advertisement

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंक केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिसकेको छ । 

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बैंकको कम्पनीसचिवको कार्यालयमा सम्पर्क  गर्नुपर्नेछ । 

संस्थापकको नाम, बिक्री मूल्यलगायतका विवरण थाहा पाउन कम्पनीसचिवको कार्यालयमा सम्पर्क राख्न भनिएको छ । 

Advertisement

Advertisement