काठमाडौं । शेयर बजार आज लगातार दोस्रो दिन पनि बढेको छ । नेप्से उचालिएसँगै सवा ११ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.१४ अं(कले उचालिएको छ । ०.८० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७६०.२१ अंकमा पुगेको छ ।
समग्रमा बजार बढेपनि विकास बैंक, फाइनान्स, होटल, हाइड्रो र निर्जीवन बीमा समूह भने राताम्मे भएका छन् । बैंकिङसहितका बाँकी समूहमा हरियाली छाएको छ ।
आज ३०२ कम्पनीका २ करोड ४५ लाख ५७ हजार १ सय ५३ कम्पनीका ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १ सय २७.०९ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न १० कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् ।
त्यस्तै इस्टर्न हाइड्रो र समृद्धि फाइनान्सले क्रमशः १० र ९.७१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सबैभन्दा बढी साहस उर्जाको कारोबार भएको छ । उक्त कम्पनीको ३८ करोड १७ लाख ८७ हजार २ सय ४४.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार ६२.५४ अंकले बढ्दा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३.५५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।