ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल कात्तिक महिनाको २९ गते बिहीबार, कार्तिक शुक्लपक्षको त्रयोदशी तिथि । आज वैकुण्ठचतुर्दशी रहेको छ ।
मेष
उपहार प्राप्त हुने छ । मीठो बोलीका कारण अरुको मन सजिलै जित्न सकिने छ । जीवनसाथिको साथ र सल्लाहले गरिएका काममा तिब्र प्रगति हुनेछ । तर भाग्यहिनताको आभाषले गर्दा पैतृक सम्पत्तिको परिचालनमा भने अवरोध र विवाद आउन जाने छ । विदेश यात्रा सफल हुने छ । आम्दानीमा केही बृद्धि हुनेछ । मुद्धा मामिला जस्ता विषयमा उल्झिनु पर्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।
वृष
मनमा अत्यासलाग्ने विचारले सताउने छ । यसले गर्दा निर्णय क्षमतामा सुस्तता आउने छ भने पेशागत जीवनमा यसको प्रत्यक्ष प्रभाव पर्न जाने छ । पेशागत जीवनमा धेरै महत्वाकांक्षा भन्दा निरन्तरताका बारेमा जोड दिनु नै ठीक रहने छ । बौद्धिकतामा पनि गिरावट आउने छ । यात्रामा सफलता मिल्ने छ । सामाजिक छवि कायम रहिरहने छ । शेयर क्षेत्रबाट फाइदा हुने छ ।
मिथुन
स्थिरताको अनुभूति हुने छ । कडा स्वाभाव स्वाभावले गर्दा सानासाना विषयमा पनि आफूले भने जस्तै हुनुपर्ने छ । उच्च मनोबलले भरिएको र प्रतिष्पर्धी व्यक्तित्व बन्ने छ । रिसको मात्रामा पनि बृद्धि हुने हुँदा विवादमा होमिने बिषयमा सतर्क रहनु होला । पेशागत जीवन सकारात्मक अवस्थामा रहने छ । भित्रि रुपमा बाठोपना आउने छ । आम्दानीमा सोचे जस्तो प्रगति नभए पनि धेरै कम पनि हुने छैन् । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।
कर्कट
शारीरिक स्वास्थ्यमा समस्या आउने छ भने उपचारमा खर्च बढ्न जाने छ । पारिवारको साथ मिल्ने भएकाले निकै ठुलो आडभरोषा मिल्ने छ । बोलीमा कडा खालको हुने छ । दाम्पत्य जीवनमा भरोषा बढ्ने छ । जीवनसाथिको साथमा कामहरु गरेमा लाभ मिल्ने छ । पेशागत क्षेत्रमा भारी शुभता नभए पनि हल्का प्रगति मिल्ने छ । शेयर बजार अनुकुल बन्न सक्ने छैन् ।
सिंह
संवेदनशिल स्वाभाव हुने छ । त्यसैले ससाना विषयमा पनि गम्भीर रुपमा लिने बानी देखिने छ र तनावको क्रम बढि हुन जाने छ । पेशागत जीवन औसत रहने छ । आम्दानी पनि औसत रहने छ । यात्रा हुने छ । विदेश यात्राको क्रम पनि सकारात्मक दिशामा अघि बढ्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।
कन्या
नउठेको पैसा प्राप्त हुने छ । भाग्य बलियो रहेकाले चालेका कदम सफलतातर्फ जाने छ । मित्रतामा गाढापन आउने र यसले नयाँ सोचलाई कार्यान्वयन गर्न मद्दत मिल्ने छ । तर पैतृक सम्पत्तिको विषयमा परिवारमा असमझदारी उत्पन्न हुने छ । पेशागत जीवन स्थिर रहने छ । महत्वपूर्ण जिम्मेबारी प्राप्त हुने छ । शेयर बजारबाट फाइदा हुने छैन् ।
तुला
आफ्नै विचारप्रति अडिग नहुने र क्षणक्षणमा विचार परिवर्तन भइरहने छ । लुलो खालको व्यक्तित्व हुने छ । पेशागत जीवनमा अस्थिरताको सामना गर्नुपर्ने भएकाले संयमित रहेर पाइला चाल्नु होला । आर्जन गरेको विश्वास गुम्न जाने चुनौति रहेकाले बोलेका कुरामा अडान लिँदा ठिक हुने छ । सामाजिक छविमा प्रश्न उठ्ने छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ ।
वृश्चिक
कडा खालको स्वाभाव र आनिबानी हुने छ । पेशागत क्षेत्रका काममा समर्पित भएर लाग्ने स्वाभावका कारण पेशागत जीवन सकारात्मक रुपमा अघि बढ्ने छ । आम्दानीमा उच्च बृद्धि नभए पनि आशालाग्दो बृद्धिले मनमा सन्तोष मिल्ने छ । नयाँ सवारीसाधन खरिद गर्ने सोच अघि बढ्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न देखा पर्ने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।
धनु
निन्द्रामा समस्या आउने छ । मनमा आउने उदासिनताले गर्दा उत्साह र उर्जाको अभाव हुने छ । कमजोर खालको व्यक्तित्व हुने हुँदा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । संयमित भएर कदम चाल्नु पर्ने समय छ । पेशागत जीवनमा अस्थिरता उत्पन्न हुनेछ । आर्थिक असन्तुलन आउने र ऋण लिनु पर्ने देखिन्छ । ाशेयर बजारबाट फाइदा हुने छैन् ।
मकर
अकस्मात नयाँ काम अघि बढ्ने छ । पेशागत जीवनमा नयाँ विचार र व्यवहारमा नयाँ काम अघि बढ्ने छ । बोलीको प्रभावले गर्दा पेशागत जीवनमा ठुलो अर्थ राख्ने छ । आम्दानीमा बढोत्तरी हुन जाने छ । भाग्यको साथ बलियो भएकाले गरेको मेहनतबाट आर्थिक लाभ मिल्ने छ । पैतृक सम्पत्तिमा भने नोक्सानी हुने चुनौति छ । शेयर बजारबाट लाभ मिल्ने छ ।
कुम्भ
अस्वाभाविक रुपमा मुद्दा मामिला र प्रशासनिक झण्झटबाट गुज्रनु पर्ने छ । रिस धेरै देखा पर्ने भएकाले यस बारेमा सतर्क रहनु होला । पेशागत जीवन औसत गतिमा अनुकुल रहने छ । आफैले बोलेको कुरा प्रति अडान लिन नसक्ने खालको स्वाभावले गर्दा दोहोरो विचार भएको व्यक्तित्व बन्ने छ । विदेशबाट स्वदेश आउने उर्जा सक्रिय छ । शेयर क्षेत्र मध्यम खालको रहने छ ।
मीन
निन्द्रा कम लाग्ने र लागेको समयमा पनि नराम्रा सपनाले सताउने छ । पेशागत क्षेत्र भने अस्थिरता आउने छ । आर्थिक नोक्सानी व्योहर्नु पर्ने छ भने प्राप्त हुनुपर्ने रकम पनि प्राप्त हुन ढिलाई हुने छ । परिवारमा किचलोको अवस्था आउने छ । बोलीमा रुखोपना देखिने हुँदा संयमित रहनु होला । सडक र सवारीसाधन सम्बन्धी विषयमा सावधान रहनु होला । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ ।
(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९७६८४४२०३४)