मितेरी डेभलपमेन्ट बैंकको ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंकले संस्थापक शेयरधनीको नाममा रहेको कुल ४४ हजार ८४१ कित्ता शेयर बिक्रीमा राखेको हो ।

Advertisement

हाललाई सो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

Advertisement

Advertisement