राष्ट्रिय बीमा कम्पनीको नाफा १५ करोड ६५ लाख, सबै सूचक सकारात्मक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा बढेको छ । 

समीक्षा अवधिमा कम्पनीले १५ करोड ६५ लाख रुपियाँ नाफा कमाएको छ । गत आवमा कम्पनीको यस्तो नाफा १३ करोड ७६ लाख रुपियाँ थियो । गत आवको तुलनामा यो १३.७४ प्रतिशतले बढेको हो । 

Advertisement

त्यस्तै यस अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन बढेर १८ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत आवमा यस्तो बीमाशुल्क ८ करोड ३८ लाख रुपियाँ थियो । 

त्यसैगरी गत आवमा कम्पनीको कुल आम्दानी ३१ करोड ३६ लाख रुपियाँ रहेकामा असोज मसान्तसम्म बढेर ४१ करोड ५१ लाख रुपियाँ पुगेको छ । 

२६ करोड ६६ लाख रुपियाँ चुक्ता पुँजी कम्पनीको प्रतिशेयर आम्दानी ५८.७२ रुपियाँ र प्रतिशेयर नेटवर्थ १ हजार २२३.५२  रुपियाँ छ ।

Advertisement

Advertisement