ललितपुरः कुसुन्ती–१३ मा प्रहरीको गोली लागि एक युवकको मृत्यु भएको छ । लागू औषध र अवैध हतियारको कारोबारी भएको आशंकामा खानतलासी गर्न जाँदा प्रहरीको गोली लागि प्रविण खत्रीको ज्यान गएको हो ।
महानगरिय प्रहरी अपराध महाशाखा टेकुको टोली उनको घर पुगेको थियो । प्रहरीले घर घेराउ गरेको थाहा पाएपछि खत्री दुई हातमा पेस्तोल बोकेर कौशीबाट हाम्फालेर भाग्न खोजेको प्रहरीको दावी छ ।
प्रहरीको अपराध महाशाखाका प्रवक्ता प्रकाशजंग कार्कीका अनुसार खत्रीले गोली हान्दै कौशीबाट हाम्फालेर भाग्न खोजेको र प्रहरीको तर्फबाट पनि फायरिङ हुँदा गोली लागि घाइते भएका खत्रीको उपचारका क्रममा पाटन अस्पतालमा उपचार गर्दा ज्यान गएको हो ।
यसअघि महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता ईश्वर कार्कीले खत्रीले आफैंले कञ्चटमा गोली हानेर आत्महत्या गरेको जानकारी दिएका थिए ।