अस्पताल र विमानस्थलमा बडी भाडा लिने ५८२ ट्याक्सी ट्राफिक कारबाहीमा

Advertisement

काठमाडौँ। काठमाडौँ उपत्यकामा एक महिनामा ५८२ ट्याक्सी कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेको ५८ रहेका छन् । 

महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौँ क्षेत्रमा धेरै ट्याक्सी प्रयोग हुने गरेकामा धेरै ट्याक्सी मिटरमा जान नमान्ने गरेको बताए । उनले भने, “अस्पताल, विमानस्थललगायत अत्यावश्यक स्थानमा धेरै भाडा असुल्ने गरेको पाइएको छ त्यस्ता स्थानमा विशेष निगरानी राख्छौँ ।” 

Advertisement

पछिल्लो समय ट्राफिकले ट्राफिक नियम उल्लङ््घन गर्ने र बढी भाडा असुल गर्ने सवारी साधनलाई विशेष निगरानी बढाउँदै आएको छ । रासस 

Advertisement

Advertisement