काँग्रेसको चुनावीसभालाई लक्षित गरी दाङमा बम विस्फोट, नौ जना घाइते

Advertisement

दाङः काँग्रेसको चुनावी सभालाई लक्षित गर्दै मंगलबार तुलसीपुरमा भएको बम विस्फोटा इलाका प्रहरी कार्यालय तुलसीपुरका म्यादी प्रहरी विनोद चौधरीसहित नौ जना घाइते भएका छन्। घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सुधीरराज शाहीका अनुसार सामान्य घाइतेको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई नेपालगञ्ज रिफर गरिएको छ। विस्फोटमा घाइते हुनेमा दाङ तुलसीपुर ७ डाँडापातुका २२ वर्षीया जेनि डिसी, बबई गाउँपालिका ६ पंचकुलेका वर्ष ३६ का नेपबहादुर खत्री, उरहरीका २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरी, सल्यान बागचौर नगरपालिका २ थारमारे बस्ने ४० वर्षीया देवी डिसीको अवस्था गम्भीर छ।

त्यसैगरी तुलसीपुर १९ का विनोद चौधरी, शान्तिनगर गाउँपालिका २ अम्मुवाका ५० वर्षीय हिमलाल रामजाली, बुड्कवाकी १८ वर्षीया सुनिता चौधरी, मानपुरका ४० वर्षीय बोमराज सुनार, सल्यान ढोरचौर गाउँपालिका २ चाख्लीघाटकी ४५ वर्षीया नरभूमि बुढाथोकी घाइते भएका छन्।

निर्वाचनको मिति नजिकिएसँगै केही सातादेखि बम विस्फोटका घटनाहरु बढाइएको छ । यसमा मुख्य गरेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहको हात रहेको आशंका हुँदै आएको छ । यद्यपि उसले आफ्नो संलग्नताको पुष्टी भने गरेको छैन । प्रहरीले भने निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेको समूहबाट बम विस्फोट भएकोे आशंका गर्दै आएको छ ।

मोटरसाइकलमा आएको दुई जनाको समूहले बम विस्फोट गराएर भागेको थियो । उनीहरुको पहिचान भइसकेको जनाए पनि प्रहरीले पक्राउ भने गरिसकेको छैन । कांग्रेसको चुनावी सभालाई लक्षित गरेर तुलसी बोर्डिङ चौकमा गरिएको उक्त बम विस्फोटमा नौ जना घाइते भएका हुन ।

Advertisement

Advertisement

Advertisement