दस लाख रुपियाँको बोधिचित्तको दाना लुट्ने कारागार चलान

Advertisement

बनेपा। काभ्रेपलाञ्चोकमा १० लाख रुपियाँ बराबरको बोधिचित्तमालाको दाना हातहतियारसहित लुट्ने दुइजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

जिल्लाको सिसाखानी–३ बस्ने ठकुरानी तामाङको जग्गामा रहेको बयर प्रजातिको बोधिचित्तको रुखमा रहेको दाना झन्डै एक महिनाअघि सिन्धुपाल्चोक जिल्लाको पाङताङ गाविस–४ निवासी कृष्णबहादुर श्रेष्ठ र सोही ठेगाना भएका गोपालबहादुर श्रेष्ठले लुटेका थिए ।

Advertisement

उनीहरुलाई जिल्ला अदालत, काभ्रेपलाञ्चोकले सोमबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । प्रहरीले उनीहरुलाई डाँका मुद्दामा कारागार चलान गरेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । रासस

Advertisement

Advertisement