काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागको संयुक्त टोलीले बिहीबार लागुऔषध दुव्र्यसनीहलाई गैरकानुनीरुपमा औषधि बिक्री गर्ने चारवटा औषधि पसलहरुलाई कारवाही गरेको छ ।
काठमाडौैंका विभिन्न स्थानमा रहेका ती पसलको अनुगमन गर्दा उनीहरुले त्यस्ता दुव्र्यसनीहरुलाई चिकित्सकको सिफारिस बिना औषधि बिक्री गरिरहेको पाइएकोले औषधि ऐन, २०३५ अनुसार कारवाही गरिएको जनाइएको छ ।
तीन औषधि पसलमा भीमसेनगोलाको शेरावली पोलिक्लिनिक, जयवागेश्वरीको बागेश्वरी फर्मा, चावहिलको जोशी मार्फेसी र चुच्चेपाटीको रुपन्देही ड्रग हाउस छन् । उनीहरुबाट ओपिडेल, स्पास्मो, ट्राफ्लास, क्लोनोज, ट्रामाडोल जस्ता औषधिहरु बरामद गरिएको छ ।