रियो दि जेनेरियो (ब्राजिल)। ओलम्पिक खेलका लागि लामो सयमदेखि तयारीमा जुटेको दक्षिण अमेरिकी मुलुक ब्राजिलले शुक्रबार राती ठीक आठ बजे माराकाना रंगशालाबाट ३१ औं ग्रिष्मकालिन ओलम्पिक खेल सुरु भएको घोषणा गरेको छ।
तर ओलम्पिक खेल इतिहाँसमै पहिलो पटक ब्राजिलले उसको उद्घाटन शत्रमा आफ्नै देशकी एक तेश्रोलिङ्गी सुपर
मोडल लिया टीलाई कार्यक्रम उद्घोषणको जिम्मा दिएको थियो जुन अहिले चर्चामा छ।
ओलम्पिक खेल इतिहाँस जगतमा अहिलेसम्म कुनैपनि देशले तेश्रोलिङ्गीलाई देशकै प्रतिष्ठासंग जोडिएक खेलको उद्द्घोषण गर्ने जिम्मा भने दिएको थिएन तर ब्राजिलले त्यस परमपरालाई तोडेको छ र एउटा नयाँ सुरुवातसंगै नयाँ संदेश बिश्वमाझ दिएको छ।
उनको वास्तविक नाम लियान्ड्रा मेडिरोस सिरेजो उर्फ 'लिया टी' भनेर ब्राजिलभर एक सुपर मोडलको रुपमा चर्चित छिन्। संयोग त के भने, उनको जन्म ब्राजिलियन एक फुटबलर टिनिन्हो सेरेजोबाट भएको थियो र उनी इटालीमा हुर्केकी हुन्। उनले आफुलाई २०१२ को मार्चमा केटाबाट केटीमा रुपान्तरित भएकी जनाएकी थिइन्।
सन् २०१० मा उनलाई इटालीकै एक फ्यासन डिजाईनर रिकार्डो टिस्किले मोडलिङ क्षेत्रमा उतारेका थिए। लियाको नाम विश्व प्रसिद्ध पत्रिका फोर्ब्सले २०१५ मा इटालीको फ्यासन डिजाईन र मोडलिङ क्षेत्रको १२ महत्वपूर्ण महिलाको रुपमा चित्रण गरेको थियो।
उनले ओलम्पिकमा उद्घोषण गर्नु भनेको उसलाई के अर्थ राख्छ भन्ने प्रश्नमा उनले भनिन" ब्राजिल एक बहुआयमिक र एक बृहत देश भएकोले यहाँ केही नौलो र बहुआयमिकता चाहिएकोले मेरो यसमा उपस्थिति रहेको हो।"
ब्राजिलकै एक संचार माध्यमलाई आफ्नो भावना ब्यक्त गर्दै उनले भनिन, "अरु तेश्रोलिंगी जस्तै, म आज यस कार्यक्रममा आफ्नो देशको झन्डा बोक्दै छु र म यंहा आझ तेश्रोलिङ्गीबारे कुरा पनि गर्दै छु जुन मेरो इतिहाँस हो। म यही समाजको अर्को सदस्य हुँ । मलाई थाहा छ कि संचार माध्यमले मैले बोलेको कुरा सुन्छन् र यो पनि उनीहरुलाई थाहा छ तेश्रोलिंगीहरुको यस संसारमा दैनिकी कति गार्हो छ भनेर।"