पक्राउका लागि पत्र काटेकै दिन नवराज सिलवाल मलेसिया हिँडे, केही समय नफर्किने संभावना

Advertisement

काठमाडौंः एमालेको तर्फबाट ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका नेपाल प्रहरीका पूर्वडिआइजी (प्रहरी नायव महानिरीक्षक) नवराज सिलवाल मंगलबार मलेसियाको क्वालालम्पुर पुगेका छन् ।

आइजीपीमा बढुवाका लागि आफ्नो कार्यसम्पादन मूल्यांकनको कागजपत्र किर्ते गरेको आरोप लाग्दै आएका सिलवाललाई किर्तेसम्वन्धी मुद्दामा काठमाडौं प्रहरी परिसरले ललितपुर प्रहरीलाई पक्राउका लागि पत्र काटेकै दिन क्यालालम्पुरतर्फ लागेका हुन् ।

एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीले आयोजना गरेको ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन उनी त्यसतर्फ गएको जनाइएको छ ।

सिलवाल एयर एसियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया लागेका हुन् । एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले सिलवाल हाल फरार रहेको भनी कतिपय सञ्चार माध्यमले गलत सूचना प्रवाह गरेको दाबी गरे । कतिपय एमाले कार्यकर्ताले भने अर्को सरकार नबनेसम्म सिलवाल नपाल नफर्कि मलेसिया नै बस्ने संभावना रहेको बताउँछन् ।

Advertisement

Advertisement

Advertisement