मानव बेचबिखनमा संलग्न रहेको भन्दै प्रदीप गिरीसहित तीन पक्राउ

Advertisement

काठमाडौंः युरोपेली मुलुकमा आकर्षक तलव सुविधाको प्रलोभन देखाएर राहदानीमा नक्कली भिषा लगाई प्रतिव्यक्ति आठ लाख ५० हजार लिएर टर्की पुर्याई दुई महिनासम्म श्रम शोषणा गरी अलपत्र पार्ने प्रदीप गिरीसहित तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा पृथ्वी चोकका प्रदीप गिरी र प्रविण गिरी र झापा गौरादहका ज्ञानेन्द्र अधिकारी छन् । सोमबार र मंगलबार पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

मानव बेचविखन तथा ओसार पसार (नियन्त्रण) ऐनअनुसार मानिस किन्ने वा बेच्नेलाई २० बर्ष कैद र दुई लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement