काठमाडौं। स्वयम्भु, बालाजु र नागार्जुन नगरपालिकालाई आधार इलाका बनाउँदै आएका गुन्डा नाइकेको पहिचान बनाएका शुक्र लामा उर्फ बाघे लामा विहिबार पक्राउ परेका छन्।
लामालाई स्वयम्भु महानगरीय प्रहरी बृतले दिउसो ११ बजेको समयमा पक्राउ गरेको, प्रहरी परिषरका प्रवक्ता तथा प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले बताए।
उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीका अनुसार हाल इचंगुनारायण जग्गा एकिकरण आयोजनाको उपभोक्ता समितीको निर्वाचनको समय रहेको र समितिको अध्यक्ष पद खाली रहेको छ ।
अहिले हुन लागेको चुनाब पनि दोश्रो पटक सरेर अहिले हुन लागेको थियो र सोही चुनावको लागि आज नामावली दर्ता प्रक्रियाको दिन थियो, तिवारीले भने।
सो चुनाब हुन नदिन र बाघेलाई उठ्न नदिन त्यहीकै स्थानीय समुदायहरु सक्रिय रहेको र सोही कारणले आजको घटना भएको हुन सक्ने उनले बताए। तर उपभोक्ता समितिमा जो जनताले चुनेको जो कोही जस्तो सुकै पृष्ठभूमि भएको व्यक्ति आएपनि प्राधिकरणलाई कुनै फरक नपर्ने, तिवारीले जानकारी दिए।
अहिले लामा स्वोयम्भु बृतको हिरासतमा रहेको र उनलाई अहिले सोद्पुछ गरिराखिएको, उपरीक्षक कार्कीले जानकारी दिए।
लामा हाल स्वयम्भु ईलाकामा आफ्नो ढुंगा, गिट्टी, घर जग्गाको ब्यवसाय गर्दै आइरहेका छन् र पछिल्लो समय उनी धेरै हदसम्म सुध्रिएको कतिपय स्थानीय जनता बताउँछन्