ललितपुरः मोटर स्पोर्ट्स नेपाल र सुनाकोठी युथ एसोसिएसनको आयोजनामा शनिवार ‘मोटो ट्रयाक २०७४’ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १५० देखि २५० सिसी सम्मका डर्ट बाइकहरु कुदाइएको थियो ।
सम्पन्न भएको प्रतियोगिको उपाधी प्रशान्त जङ्ग कार्कीले जिते । त्यसैगरी विनोद कठायत र भीम होना क्रमशः फस्र्ट रनर अप र सेकेन्ड रनर अप भए । । साथै प्रोपर सेफ्टी गियरको उपाधि आशीष कुमार शाक्य र प्रवीण जङ्ग कार्की, पब्लिक च्वाइसको उपाधि दोर्जे छेवाङ र बेस्ट राइडरको उपाधि दीपेश क्षेत्रीले पाएका छन् ।
ब्यक्तिगत रुपमा प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा क्रसफायर, क्रस एक्स, होन्डा, रिजु, यूएम, एसियन बिस्ट र बीएसई आदि नेपालमा भएका सबै डर्ट बाइक कम्पनीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि छ सय सय मिटर लामो ट्रयाक निर्माण गरिएको थियो ।
प्रतियोगिताको मूख्य प्रायोजन एसियन अटोमोबाइल्स गरेको हो । त्यसैगरी बाइकर्स नेपाल प्रायोजक तथा बीएसई कायो, क्लासिक ह्विल इम्पोर्ट एक्सपोर्ट र सत्यदीप इन्टरनेसनल यसको सह–प्रायोजक रहेका थिए । प्रतियोगितामा रेडबुल तथा क्यास्ट्रोल लुब्रिकेन्ट समेत पार्टनरको रुपमा रहेका थिए ।
विजेताहरुलाई नगद पुरस्कारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा विभिन्न बाइक कम्पनी तथा एसेसरिजहरुको स्टल समेत राखिएको थियो । ललितपुरको सुनाकोठी स्थित मोटो ट्रयाकमा सो प्रतियोगिता सम्पन्न भएको थियो ।