आफूलाई मार्न खोज्ने र अदालतबाट समेत दोषी अपराधिलाई प्रहरी प्रशासनले संरक्षण गरेको आरोप

Advertisement

काठमाडौंः नेपाल तरुण दल धनुषा जिल्ला जनकपुर उप–महानगरपालिकाका नगर सभापति प्रकाश मिश्रले आफ्नो ज्यान खतरामा रहेको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेका छन् ।

आफूमाथि संघातिक आक्रमण गरी मरणासन्न हुने गरी कुटपिट गर्ने जीवनाथ चौधरीलाई अदालतले दोषी ठहर गरे पनि प्रहरी प्रशासनले संरक्षण दिएको मिश्रले गुनासो पोखे ।

आइबार पत्रकार सम्मेलन गरेर उनले जिल्ला अदालत धनुषाले पुस ७ गते ज्यान मार्ने अभियोगमा पक्राउ गर्न आदेश दिएको दोषी जीवनाथ चौधरी खुलेआम हिंड्ने र आफूलाई अझै धम्की दिइरहने गर्दा पनि प्रहरी प्रशासन मौन बसेको बताए ।

गत मंसिर २ गते राती १० बजे जीवनाथ चौधरीको नेतृत्वले प्रकाश मिश्रमाथि सांघातिक आक्रमण गरेका थिए । पीडित मिश्रले भने, ‘मेरो जीवन अझै पनि खतरामा छ, प्रहरी प्रशासन अपराधीसँग घाटी जोडिरहेको छ, प्रहरी प्रशासनबाट सुरक्षा र न्याय नपाएपछि पत्रकार सम्मेलन गर्न बाध्य भएको हुँ ।’

उनले भने, ‘म मात्रै होइन मेरो घर परिवारलाई समेत आतंकित पार्ने, ज्यान मार्ने अपहरण गर्ने धम्की दिँदै आएको छ, त्यस्तो व्यक्ति खुलम खुल्ला हिँडिरहेको छ, जसलाई अदालतले दोषी ठहर गरेको छ, पक्राउ गर्न आदेश दिएको छ, तर प्रहरी प्रशासन उनै दोषीसँग उठबस गरिहरको छ, यस्तो स्थितिमा मैले कुन निकायबाट न्याय पाउने ?’

पीडक भनिएका जीवनाथ चौधरीलाई विषेश अदालत काठमाडौंले समेत भष्ट्राचारी ठहर गरेर चार महिना कैदसँगै चार लाख रुपियाँ जरिवाना तोकेको बताउँदै पीडित मिश्रले भने, ‘उ एक भष्ट्रचारी हो, मैले भष्ट्रचारको बिरोध गरे, गुठीको जग्गा खरिद बिक्री गर्न पाइदैन भनेँ, त्यसपछि झन मलाई ताकेर आक्रमण गर्ने, परिवारलाई मार्ने अपहरण गर्ने धम्की दिन थाल्यो ।’

उनले थपे, ‘मंसिर २ गते मेरो पेटमा छुरा हानेर घाइते बनायो, गुण्डाहरु लगाएर मार भन्यो, परेको म व्यहोर्छु भन्यो । केही मान्छे लगाएर मरणाशन्न हुने गरी कुटायो । म बेहोस भइसकेपछि प्रहरीले मलाई नर्भिक अस्पताल लग्यो । उपचार भयो ।’

मिश्रले उपचारका क्रममा १० लाख जति खर्च भएको भन्दै आफ्नो एउटै माग दोषीउपर कानुनबमोजिम कारबाही हुनुपर्यो भन्ने हो भने ।

Advertisement

Advertisement

Advertisement