काठमाडौं । संविधान दिवसको दिन पारेर सरकारले ५३७ कैदीको कैद माफी गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले विभिन्न कारागारमा रहेका उनीहरुलाई सजाय माफीका लागि सिफारिस गरेअनुसार मन्त्रिपरिषदे उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले बालबालिका र महिला बेचविखन, अवैध हतियार, बलात्कार, अपहरण, संगठित अपराध, भ्रष्टाचारलगायत गम्भीर प्रकृतिको अपराधबाहेक अन्य अपराधमा कैद भुक्तान गरिरहेकाहरुलाई विद्यामान कार्यविधिले तोकेअनुसार कैद मिनाहाको निर्णय गरेको हो ।
गम्भीर अपराधका घटनाबाहेकमा असल चालचलन भएका र ६० प्रतिशत कैद भुक्तान गरिसकेकालाई राष्ट्रिय दिवसहरुमा कैद मिनाहा गर्ने चलन छ । यसअघि पनि सरकारले गणतन्त्र दिवसमा आठ हजार ८०७ कैदीको कैद मिनाहा गरेको थियो ।