काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ हजार रुपियाँ घुस लिएको अभियोगमा महानगरीय प्रहरी प्रभाग दधिकोट भक्तपुरका प्रहरी जवान उमेशकुमार थापालाई आज पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार दुर्घटनासम्बन्धी उजुरी मिलाइदिने भन्दै प्रहरी जवान थापालाई सेवाग्राहीसँग ‘घुस मागिरहेको अवस्थामा’ थिमी–९ भाटभटेनीबाट पक्राउ गरिएको हो ।
आयोगले आजै नागरिकता सच्याई झुटा विवरण पेश गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण मस्र्याङ्दीका इलेक्ट्रिसियन नीतिबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अभियुक्त गुरुङले सरकारी सेवा प्रवेश गर्न चाहिने उमेरको हद नाघेकामा आफँैले नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा जन्ममिति सच्याई झुटा विवरणको नागरिकताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएर बढुवासमेत भएको आरोप आयोगले लगाएको छ ।