राजदूतको भ्रष्टाचारको विरोध गर्दा मलाई आतंककारी बनाएर पठाइयोः शाह

Advertisement

काठमाडौः आतंककारीको अभियोग लगाएर मलेसियाबाट नेपाल डिपोर्ट गरिएका गैरआवासीय नेपाली संघ (एनआरएन) मलेसियाका पूर्वअध्यक्ष महेन्द्रजंग शाहीले मलेसियास्थित नेपाली राजदूत निरञ्जनमानसिंह बस्नेतले आफूलाई आतंकवादीको रुपमा फसाउन खोजेको आरोप लगाएका छन् । 

सोमबार पत्रकार सम्मेलन गरी उनले राजदुत वस्नेतको भ्रष्टाचार र अनियमितताको विरोध गर्दा आफूलाई गम्भीर आरोप लगाएर डिपोर्ट गराएको दावी गरे । शाहले मलेसियामा बस्ने नेपालीहरुलाई नेपाल फिर्ता गर्नका लागि मलेसियाका लागि नेपाली राजदूत बस्नेतले गैरकानुनी तवरबाट मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई दूतावासकै परिसरमा कार्यालयका लागि निःशुल्क ठाउँ उपलब्ध गराई सो संस्थाबाट रकम लिने गरेको दावी गरे । 

Advertisement

उनका अनुसार सो संस्थाले स्थानीय मुद्रा आरएम एक हजार २५० को रसिद दिने तर आरएम दुई हजार एकसयसम्म भुक्तानी लिई नेपाली नागरिकलाई ट्राभल्स डकुमेन्ट दिने गरेकोमा उक्त निर्णयको विरोध गरेको कारण प्रतिशोधमा आतंकवादीको आरोपमा उनलाई बस्नेतले फसाउन खोजेका हुन । 

शाहीले राजदूतले कोप्रासी संस्थासँग मिली भ्रष्टाचारजन्य कार्य गरेको भनी सोको विरुद्धमा एनआरएनए मलेसियाको निवर्तमान महासचिव सुनिल चालिसेले ३६ करोड रुपियाँ घोटालासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा दायर गरेकोमा सो मुद्दा फिर्ता गराउन दबाब दिएको बताए । 

सो मुद्दा फिर्ता नभएको र नेपालबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र श्रम विभागका महानिर्देशक सहितको टोली मलेसिया गएको बेला सन् २०१६ जनवरीतिर राजदूतको उक्त क्रियाकलापको अनुसन्धान गर्न पहल भएको पनि उनले सुनाए । 

कोप्रासी नामक गैरसरकारी संस्थामार्फत बस्नेतले रकम असुली गरिरहेकोमा सोको विरोध गर्दा र मलेसियामा रहेका नेपालीहरुलाई टिकट, सेवा शुल्क, जरिवाना, यातायात, बिमासमेत गरी एक हजार ३२० रिंगेटमा घर फिर्ती गर्न सकिने आफूहरुले बताएका कारण राजदूतले प्रतिशोध साँधेर फसाउन खोजेको बताए । 

त्यसरी प्रतिशोध लिन राजदूतले इन्द्रवीर महर्जन र दुर्गाप्रसाद खरेल नामका आफ्ना मानिस खडा गरी मलाई नभएको झुट्टा आरोपको निवेदन दिन लगाई सोही बहानामा नेपाली दूतावासले मलेसिया सरकार समक्ष पत्राचार गरी सोही पत्रको आधारमा मलेसिया प्रशासनले पक्राउ गरी १४ दिनसम्म हिरासतमा राखी अनुसन्धान गरी कुनै कसुर अपराधमा संलग्न रहेको नदेखिको उनले बताए । 

कुनै कसुर नदेखिए पनि मलेसिया सरकारले आफूलाई पाँच वर्षसम्म मलेसिया प्रवेश गर्न रोक लगाई त्यहाँ रहेको आफ्नो सबै चलअचल सम्पत्ति रोक्का राखी भिसासमेत रद्द गरी नेपाल फर्काइ दिएको जानकारी दिए । 

मलेसियाबाट नेपाल अवतरण भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका सुरक्षाकर्मीले पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौंलाई बुझाएको र आफ्नो कुनै अपराध नभएकोले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत चार हजार रुपियाँ धरौटीमा छोडिएको जानकारी दिए । 

Advertisement

Advertisement