एजेन्सी। विश्वकप छनौट फुटबलमा ब्राजिल आज बिहान भएको खेलमा बोलिभियालाई ५-० को फराकिलो अन्तरले हराएको छ।
शुक्रबार भएको खेलमा पाँच पटकको विजेता ब्राजिलले बालिभियालाई स्तब्द बनाएको हो ।
ब्राजिलको रियोमा भएको खेलमा घरेलु टोलीले ११ औं मिनेटमा नै नेयमारको गोलबाट अग्रता लिएको थियो । एकपक्षीय खेलको २६ औं मिनेटमा काउटिन्होले दोस्रो गोल गरेका थिए ।
३९ औं मिनेटमा फलिप लुइस र ४४ औं मिनेटमा गाबि्रयल जेसिसले गोल गरेपछि ब्राजिल पहिलो हाफमा ४-० को अग्रता लिन सफल भयो ।
दोस्रो हाफमा भने बोलिभियाले एक गोल मात्र खायो । ७५ औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गरे र ब्रजिललाई ५-० को जित दिलाए ।