‘मन्त्रीको पिए हुँ’ भन्दै अमेरिका पठाईदिन्छु भनी ठगी गर्ने यी दम्पती

Advertisement

काठमाडौँ: ‘मन्त्रीको पिए हुँ’ भन्दै ठगी गर्ने दाङको तुल्सिपुर–९ स्थायी घर भएका ४१ वर्षीय छबिलाल चौधरी र उनको श्रीमती शुभद्रा कर्माचार्यालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार छबिलाल चौधरीले पीडितहरुलाई अघिल्लो सरकारमा भूमिसुधार मन्त्री रहेका ‘गोपाल दहितको पिए हुँ’ भन्दै मन्त्रीको कोटामा अमेरिकामा हुन लागेको एक सेमिनारमा पठाईदिन्छु भनेर लाखौँ ठगी गरेका थिए ।

रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–३ स्थायी घर भएर बालाजु बस्दै आएका भरत डाँगी समेत सात जनासँग चौधरी दम्पतीले पटक–पटक गरेर २६ लाख ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
एक पीडीतले जानकारी दिए अनुसार काठमाडौँको कालोपुल बस्दै आएका छविलाल चौधरीले अर्का एकजना डिल्लीराज चौधरी नामका व्यक्तिको समेत आफू पिए रहेको भन्दै अमेरिकाको ‘ईन्टरनेशनल इन्स्टिच्युट अफ इन्फिनिटीजम’ भन्ने संस्थामा रोजगारी लगाईदिन्छु भन्दै ठगेका थिए ।

प्रहरीले गत बुधवार छविलाल र उनकी पत्नी शुभद्रालाई नियन्त्रणमा लिएर ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

महाशाखाका अनुसार चौधरीले पिडीतहरुलाई ‘ईन्टरनेशनल इन्स्टिच्युट अफ इन्फिनिटीजम’ को निमन्त्रणा पत्र, इन्भोइस अफ रजिष्ट्रेशन लेटर तथा बेनिफिट्स अफ कन्फेरेन्स लेटर समेत प्रिन्ट गरेर दिएका थिए ।

Advertisement

Advertisement

Advertisement