प्रलोभन देखाएर बिरामीलाई भारत लैजादै ठगी गर्ने पक्राउ

Advertisement

सुरुङ्गाः उपचारको नाममा विभिन्न प्रलोभन देखाएर भारतको पानीट्यांकीस्थित ‘माँ पाथीभरा क्लिनिक’मा बिरामी पुर्याउँदै ठगी गरेको आरोपमा आज एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही क्लिनिकमा कार्यरत झापा मेचीनगर नगरपालिका निवासी भूपेन्द्र भट्टराई रहेका छन् । भट्टराईले बिरामीलाई विभिन्न आश्वासन देखाएर उपचारका लागि भारत लगि ठग्ने गरेको बताइएको छ ।

पछिल्लो समय बाह्रदशी गाउँपालिका–२ राजगढका कालीबहादुर भण्डारी ठगिएको र उनले दिएको उजुरीका आधारमा प्रहरीले भट्टराईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

भट्टराईले पानीट्यांकीको माँ पाथीभरा क्लिनिकमा आफूलाई ‘सहायक विशेषज्ञ’ का रुपमा कार्यरत रहेको भन्दै ठगी गरेको भण्डारीको आरोप छ । पक्राउ परेका भट्टराईलाई प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ ।

Advertisement

Advertisement

Advertisement