बहालवाला प्रहरीलाई नै लाखौं ठगी गर्ने सिंह यसरी पक्राउ परे

Advertisement

काठमाडौँ: प्रहरीमा बहालवालासँग सम्पर्क बढाई नेपाल प्रहरीकै शान्ति मिसन (फर्म्ड पोलिस युनिट)को रुपमा विदेश जानलाई सेटिङ मिलाइदिञ्छु भन्दै ठगि गरी हिड्ने प्रकास कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तो छ घटना बिबरण :
जिल्ला महोत्तरी महोत्तरी गाउपालिका वडा नं.-२ घर भई हाल का.जि.का.म.न.पा. मैतिदेवी बस्ने आनन्द कुमार मण्डलले प्रहरी प्रधान कार्यालयको डि.स.पी.संग कुरा गराई सेटिङ मिलाएर बिदेश मिसनमा पठाई दिन्छु भनि बिश्वास दिलाई जिल्ला महोत्तरी मनराकट्टी गा.बि.स बस्ने बर्ष ३५ को प्रकाश कुमार सिंहलाई प्र.प्र.का.को डि.स.पि. नारायण कुमार श्रेष्ठ हो भनि परिचय गराई बिश्वासमा पारी निजहरु दुवै जनाले २ जना बहालवाला प्रहरी कर्मचारीसंग पटक - पटक गरि जम्मा रु.४,००,०००।– रकम लिई ठगि गरेको भनी यस अपराध महाशाखामा उजुरी प्राप्तहुन आएकोमा उक्त ठगीमा संलग्न रहेका आनन्द कुमार मण्डल र प्रकाश कुमार सिंहको खोजतलास गर्ने क्रममा यस महाशाखा बाट खटिएको टोलिले मिति २०७४।१२।०२ गते १५:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं ११ माईतिघरबाट ठगिमा संलग्न ब्यक्तिहरु मध्येका आनन्द कुमार मण्डललाई फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागी म.न.प्र. परिसर, टेकु काठमाण्डौ पठाईएको । साथै थप अनुसन्धान कार्य जारी रहेको । यही सम्बन्धमा अन्य कोही पिडितहरु भएमा यस कार्यालयमा सम्पर्क राख्नुहुन अनुरोध ।

कानुनी सजायको व्यबस्था :-
मुलुकी ऐन ठगीको महल अनुसार ठगी गर्ने लाई ठगी लिएको विगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगो बमोजिम र बिगो कायम नभएमा रु. ५ हजार सम्म जरिवाना र ५ वर्ष सम्म कैद हुने व्यबस्था रहेको छ ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु:-
१. आनन्द कुमार मण्डलले आफ्नोसम्बन्ध उच्च प्रहरी अधिकृत संग भएको भनि प्रभाबित पार्न खोजेको ।
२. प्रकाश कुमार सिंहले आफु प्र.प्र.का को डि.एस.पी.भनि झुटा परिचय दिन गरेको ।
३. निज दुवै जनाले बिदेशपठाउने भनि ठगि गरेको ।
४. पिडितहरु प्रहरीको सम्पर्कमा आउने क्रम जारी रहेको ।
५. हाल सम्म २ जना पिडित प्रहरीको सम्पर्कमा आइसकेको ।

Advertisement

Advertisement

Advertisement