आफूमाथि आक्रमण गर्ने कारिन्दा मात्रै भएकोले छोडिदिन लोकमानको आग्रह

Advertisement

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथि आक्रमण गर्दै कालो मोसो दली मुक्का हान्ने दुई युवालाई सात दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिए पनि लोकमानले छोडिदिन आग्रह गरेका छन् । 

बिहीबार विप्लव माओवादीका दुई कार्यकर्ताले सर्वोच्चमै कार्कीमाथि आक्रमण गरी कालोमोसो दलेर मुक्का हानेका थिए । आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । आफूलाई आक्रमण गर्नेहरु गोटी मात्र भएको र आफूलाई तोजोबध गराउने योजना कार्यान्वयनको कारिन्दा मात्र भएको भन्दै कार्कीले पक्राउ परेका  ‘अवोध कारिन्दा’ रिहा गर्न आग्रह गरेका छन् । 

Advertisement

वास्तविक अपराधी पर्दा पछाडि रहेको उनको भनाई थियो । कार्कीले केही महिनायता आफूविरुद्ध विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानुन र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदेखिएको हुँदा ती अवोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्छु भनेका छन् । 

आक्रमणकारीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारीका साथै अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो । 

Advertisement

Advertisement