काठमाडौंले पायो १८२ रनको लक्ष्य, चौराहाका धमलाको उत्कृष्ट प्रदर्शन

Advertisement

काठमाडौंः धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्सलाई जितका लागि विशाल लक्ष्य दिएको छ । चौराहाले निर्धारित २० ओभरको खेलमा ४ विकेट क्षतीमा १८१ रन बनाएपछि जितको लागि काठमाडौंले विशाल लक्ष्य पाएको हो ।

सुरुवाती ब्याटिङमा आएको चौराहाका सुनिल धमलाले विष्फोटक ब्याटिङ गरेपछि चौराहाले उक्त योगफल तयार पारेको हो । धमलाले टोलीका लागि तीन छक्का र चार चौकाको मद्दतमा ७८ रन बनाए । चौराहाको लागि रोहन मुस्ताफाले ६० रन र कप्तान सोमपाल कामीले ८ रन बनाए ।

काठमाडौंको लागि सुबोध भाटिले ३ विकेट, सन्नि पटेलले १ विकेट लिए । काठमाडौंको बलिङ र फिल्डिङले उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि फराकिलो अन्तरको लक्ष्य आत्मसाथ गरेको हो ।

उपाधि जित्ने टोलीले सार्वधिन २५ लाख रुपियाँ पाउने छ । यस्तै उपविजेताले भने १० लाख रुपियाँमा चित्त बुझाउने छ ।

Advertisement

Advertisement

Advertisement