काठमाडौंः नेपाल साउथ एसियन फुटबल च्याम्पियनसिप (साफ) प्रतियोगिताको समूह ‘ए’मा परेको छ । आँउदो सेप्टेम्बरमा बंगलादेशको ढाकामा हुने उक्त फुटबल प्रतियोगिताको बुधवार सार्वजनिक गरिएको ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’मा परेको हो ।
साउथ एसियन फुटबल एसोसिएसनले सार्वजानिक गरेको ‘ड्र’को समूह ‘ए’मा नेपालसहित आयोजक बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् । यस्तै समूह ‘बी’मा दक्षिण एसियाको पावर हाउस भारतसँगै माल्दीभ्स् र श्रीलंका रहेका छन् ।
प्रतियोगिता बंगलादेशको ढाकामा सेप्टेम्बर ४ देखि १५ सम्म चल्नेछ । नेपालको समूहमा रहेका सबै तीन टोली फिफाको बरियतामा नेपालभनदा तल छन् ।
प्रतियोगितामा फिफाको वरियताअनुसार नेपालले सबै टोलीलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्न सक्ने सम्भावना छ ।