काठमाडौंः प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे)का छालासहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई गोकर्णेश्वरको नयाँबस्तीबाट दुई थान रेड पाण्डाको छालासहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरु ओखलढुँगाको बलखुका २९ बर्षीय प्रितम तामाङर सिन्धुलीको तामाजोरका २५ बर्षीय संभव वाइबा छन् । दुर्भल वन्यजन्तुको अंगप्रत्याङ्गको गैरकानुनी ओसार पसारलाई निरुत्साहित तथा नियन्त्रण गर्न बनेको आइटिएस महासन्धि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले हाब्रे जस्ता बन्यजन्तुको छाला खरिद बिक्री गर्न निशेध गरेको छ ।
पक्राउ परेकाहरुलाई सोही महासन्धि र ऐनअनुसार कारवाही अघि बढाइने नेपाल प्रहरीले जनाएको छ । यस्तो अपराधमा ४० हजार रुपियाँ जरिवाना वा एक बर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।