नाम चलेका गायक एवं कमेडियन प्रकाश ओझा १० बर्षका लागि जेल गए

Advertisement

काठमाडौंः नाम चलेका गायम एवं कमेडियन प्रकाश ओझा १० बर्षका लागि जेल परेका छन् । मानव बेचबिखनसम्वन्धी मुद्दा लागेपछि फरार रहेका उनलाई प्रहरीले खोजिरहेको थियो । 

मानव बेचबिखनसम्वन्धी दुईवटा मुद्दामा सर्वोच्च अदालतले यही गत माघ ४ गते दुवै मुद्दामा पाँच पाँच बर्षको कैद सजाय सुनाएको थियो । ओझालाई शुक्रबार शंखमुलबाट पक्राउ गरी प्रहरीले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकामा अदालतले केन्द्रीय कारागार सुन्धारा पठाएको हो । 

Advertisement

सुनसरीको इटहरी घर भएका उनले २०५९ सालदेखि लगातार दुई बर्षसम्म डर त्रास देखाई र अनुचित प्रभावमा पारी पीडित तीन जना बालालिकासँग अनैतिक सम्वन्ध राखेको, पीडितले थापा पाउनेगरी खिचेका अश्लिल तस्विर र भिडियोहरु उनीहरुलाई देखाउँदै सार्वजनिक गरिदिने धम्की दिएर पटक पटक यौन शोषण र अप्राकृतिक मैथुन गरेको, त्यसरी खिचिएका तस्विरहरु वेभसाइटमा समेत राखेर बेचबिखन गरी पैसा कमाउने उद्देश्य राखेको अदालतले ठहर गरेको छ । 

अदालतको फैसलासँगै फरार रहेका ओझा शंखमुलमा लुकिछिपी बसेर गीत संगीत रेडडिङ गर्दै आएको प्रहरीको भनाई छ । उनी ४३ बर्षका छन् । ओझाका थुप्रै साँगीतिक भिडियोहरुसमेत बजारमा आएका छन्  । 

Advertisement

Advertisement