अबैध सुन तस्करीमा संलग्न रहेको भन्दै प्रहरीकै एसएसपी पक्राउ

Advertisement

कामाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सुन बाहिरिएको विषयमा छानबिन भइरहेको बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरीकै एसएसपीलाई पक्राउ गरेको छ । 

एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालय नक्सालबाट पक्राउ गरिएको हो । यसअघि त्रिवि भन्सार कार्यालयकै केही कर्मचारीलाई पक्राउ गरिएकोमा उनीहरुसँगको सोधपुछपछि खत्रीको पनि संलग्नता देखिएको हो । 

Advertisement

सुन तस्करीमा संलग्नताको आशंकामा खत्रीलाई गत माघ ३ गते नै प्रहरी मूख्यालय तानिएमा उनको संलग्नता रहेको पुष्टी भएपछि पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ । उनले एक बर्षभन्दा लामो समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिताएका थिए । 

पक्राउ परेका खत्रीलाई थप अनुसन्धानका निम्ति महाराजगंजस्थित अनुसन्धान ब्यूरोको कार्यालयमा राखिएको छ । गत पुस २१ गते दुबईबाट आएको ३३ किलो पाँचसय ७७ ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा र चेकजाँचबाट बाहिरिएपछि ब्यूरोले अनुसनधान सुरु गरेको थियो । 

उक्त तस्करीमा सुन बोकेर आउने गोपालबहादुर शाही, सुन लिन आउने दिनबन्धु थापा र सन्तोष काफ्ले, काभ्रेको पनौतीबाट रामहरि कार्कीलगायत पक्राउ परेका थिए भने उनीहरुकै बयानका आधारमा त्रिवि भन्सारमा कार्यरत भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाल  पक्राउ परेका छन् । 

यस प्रकरणको छानबिन गर्न भन्सार विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति पनि गठन गरिएको थियो। 

Advertisement

Advertisement