सुन तस्करीमा ठूला मिडिया सञ्चालकदेखि मोवाइल ब्यापारीको समेत संलग्नताको आशंका

Advertisement

काठमाडौंः गत पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा चेक जाँचबाट ३३ किलो ५७७ ग्राम अबैध सुन बाहिरिएको प्रकरण छानबिनका क्रममा सुन तस्करीमा नेपालकै ठूला मिडियाको सञ्चालकदेखि मोवाइल व्यापारीसमेत संलग्न रहेको आशंका बढेको छ । 

अबैध सुन तस्करीमा नेपाल प्रहरीकै एसएसपी (वरिष्ठ प्रहरी उपरिक्षक) श्याम खत्रीसहित भन्सारका दुई अधिकारीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु भएपछि नयाँ नयाँ तथ्यहरु खुलेको हो । स्रोत भन्छ– सुन तस्करीमा एउटा ठूलो मिडियाकै सञ्चालकदेखि नाम चलेका मोवाइल व्यापारीसमेत संलग्नको कुरा आएको छ ।’

Advertisement

उनले थपे, ‘यो कुरालाई बाहिर सार्वजनिक हुने नहुने भन्ने कुरा राजनीतिक दबाब र चलखेलमा निर्भर हुने कुरा हो । अरु साधारण व्यक्ति भएको भए यो तथ्य पहिल्य नै बाहिर आएर प्रहरीले पत्रकार सम्मेलन गरि दोषी अहिले प्रहरी हिरासतमा पुगिसकेको हुन्थ्यो ।’

तेत्तिस किलो सुन तस्करीमा सवारी साधनको पार्टपुर्जा भनेर एयरपोर्टबाट सुन ल्याइएको स्रोतको भनाई छ । त्यो कस्तो किसिमको सवारी साधन हो ? र सञ्चालक एवं मोवाइल व्यापारी को हुन ? भन्ने कुरा उनले खुलाउन चाहेनन् । तस्किरीमा नाम जोडिएका मिडिया सञ्चालक विशेषगरी एमाले अध्यक्ष केपी ओलीसँग निकट मान्छिन् । 

एयरपोर्टबाट हरेक दिन अबैध सुन बाहिरिने प्रक्रिया सामान्य जस्तै हो । कहिले मोवाइलको पार्टपुर्जादेखि कहिले सवारी साधनको पार्टपुर्जाको रुपमा सुनहरु नेपाल भित्रिने गर्दछ । त्यत्ति मात्रै नभएर विशेषगरी खाडि मुलुकको दुवईबाट आउने जहाजमा मृतकहरुलाई ल्याइने कफिनमा समेत सुनदेखि अवैध लागूऔषधसमेत सहजै काठमाडौं भित्रिएर यहाँको आन्तरिक बजार र तेस्रो मुलुक जान्छन् ।

नेपालको राजनीतिक समीकरणमा एमालेसँग अन्य ठूलो दलको ध्रुविकरण बढेसँगै र एमाले अध्यक्ष ओलीले देशभक्ति र राष्ट्रियताको कुरा धेरै गर्न थालेपछि गृहमन्त्री विमलेन्द्र निधिले एयरपोर्टबाट बाहिरिएको सुन समाउन प्रहरीलाई निर्देशन दिएका थिए । सामान्ययाः सुनदेखि लागू औषध समातिने भनेको कुरा नमिलेपछि हो ।

तर यो ३३ किलो सुन भने दलका नेताहरुको खिचातानीको परिणाम समातिएको हो । स्रोत भन्छ– प्रहरी नेतृत्व इमान्दार छ र राजनीतिक दबाबको प्रतिरोध गर्न सक्छ भने यो तस्करीको जालोलाई उदांग पार्ने आँट गर्नुपर्छ ।

विश्वभर जुनसुकै अवैध कारोबारका लागि दुवई उपयुक्त र सहज ट्रान्जट प्वाइन्ट हो । यहाँबाट नै धेरै मुलुकमा अवैध कारोबार हुने गर्दछ । त्यहाँबाट हुने सुनको अवैध कारोबार कुनै सामान्य व्यापारी बलबुताको कुरै होइन, हाइलेवलका तस्कर, जसको राजनीतिक पहुँच पनि छ, तिनीहरुले मात्रै गर्नसक्ने कुरा हो, स्रोतको तर्क थियो ।

बैध अबैध सबै ठूला कारोबार दुवईबाट हुने गर्दछ । यूएई सरकारको मुख्य चासो भनेको आफ्नो देशमा खुल्लारुपमा रक्सी नखाउन, केटीसँग अंगालो नमार र आफ्नो मुलुकलाई गाली नगर भन्ने भन्ने कुराहरुमा चासो हुन्छ । आफ्नो मुलुकको व्यापार बढने, फाइदा हुने कुरा छ भने उसको लागि अबै अबैध कारोबारले त्यत्ति धेरै चासो राख्दैन । 

त्यही सहजतालाई प्रयोग गर्दै तस्करहरुले नेपालमा समेत अबैध कारोबारलाई सञ्चालन गरिरहेका छन् । स्रोत भन्छ- 'एउटा लगेजमा ३३ किलो सामान त लैजान दिँदैन भने एएटा व्यक्तिले तत्रो सुन कसरी ल्याउँछन सक्छ ? पाटपुर्जा भनेर ल्याइएको थियो । माथि नै कुरा मिलेन र समातियो ।'

 

Advertisement

Advertisement