मोटरसाइकलबाट गोली हानेर धनगढीमा नौ लाख लुटियो

Advertisement

धनगढीः कैलालीमा अज्ञात समुहले गोली हानेर एक व्यक्तीको नौ लाख रुपियाँ लुटिएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाको हाईवेमा आईएमईबाट झिकेको रकम गोली हानी लुटिएको हो ।

आईएमईबाट रकम झिकेटर बैंकमा जम्मा गर्न लग्दै गर्दा धनगढीमा बस्दै आएका ३७ वर्षीय निर्मल कार्कीको रकम लुटिएको प्रहरीले जनाएको छ । गोली लागि घाइते भएका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । गोली हान्ने समूहको खोजी भईरहेको छ ।

गोली हान्ने दुई जनाको समूह बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएर रकम लुटेर फरार भएको बताइएको छ । घटनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement