काठमाडौंः एक साताअघि कैलालीको धनगढीमा गोली हानी नौ लाख रुपियाँ लुट्ने समुहका मुख्य योजनाकार पक्राउ परेका छन् । धनगढीको हाइवेमा गोली हानी बैंक लग्दै गरेको रकम लुट्ने मुख्य योजनाकारलाई प्रहरीले काठमाडौंको गोंगबुबाट पक्राउ परेका हुन् ।
प्रहरीले कञ्चनपुरको कृष्णपुरका २३ वर्षीय बल्लु भनिने कालुलाई पक्राउ गरेको हो । साथै, कैलालीको धनगढीका २८ वर्षीय राम प्रवेशलाई पनि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार विहान उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले बताएअनुसार राना घटनाका मुख्य योजनाकार हुन् । जेठ १३ गते पैसा लिएर बैंक जाँदै गर्दा धनगढीका निर्मल कार्कीलाई गोली हानी नौ लाख लुटिएको थियो ।
घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।