पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख रुपियाँ घुससहित उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्तालाई पक्राउ गरेको छ । आयोगको पोखरा कार्यालयले सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई बुधबार बिहान पक्राउ गरेको हो ।
सेवाग्रहीसँग कार्यालयमै पाँच लाख रुपियाँ घुसलिँदै गर्दा रंगेहात आयोगले सहन्यायाधिस थापालाई पक्राउ गरेको थियो । उनले एक मुद्दाको पुनरावेदनका लागि सर्वेच्च अदालत नलैजाने शर्तमा घुस लिएको खुलेको छ ।
बुधबार नै अख्यितार प्रमुख आयुक्त नवीनकुमार घिमिरे पनि पोखमै थिए । घिमिरेले बुधबार बिहानै अख्तियारको पोखरा कार्यालयको शिलान्यास गरेका थिए।