काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्त हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका प्रदीप रावलमाथि बिहीबार बिहानैदेखि फेरि बयान लिन सुरु भएको छ ।
उनी पक्राउ परेपछि सिआइबीले बुझाएको रिपोेर्टका आधारमा रावलमाथि शंका गर्ने ठाउँ बढेपछि प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल बुधबार साँझ आफै सिइआइबी पुगेर राति २ बजेसम्म उनको बयान लिएका थिए ।
निर्मला हत्यासँग जोडिएका बम दिदी बहिनीको घर नजिकैका उनी उक्त घट्नाभएपछि काठमाडौंमा लुक्दै आएको समाचार बाहिर आएको थियो । अहिले उनको बयानमा सिआइवी प्रमुख डिआइजी निरज शाही, डिएसपी कवित कट्वाल र अनुपम शमशेर जबरा संलग्न रहेका छन् ।
साथै रावलको डिएनए परीक्षणको लागि पनि पठाइएको र त्यसको रिपार्ट आइनसकेको जनाइएको छ । विभिन्न कोणबाट हेर्दा रावलमाथि शंका देखिएकाले हिरासतमा राखेर थप बयान थिइएको सिआइबीको भनाई छ ।
भारतमा रहेको मामाको घरबाट घट्ना घटेकी दिन साउन ११ गते नेपाल फर्किएका रावललाई यसअघि पनि प्रहरीले सामान्य सोधपुछ गरेर छोडेको थियो । सिआइबीको तत्कालिन अनुसन्धान टोलीका डिएसपी अंगुर जिसीबाट सोधपुछ भइसकेर छाडेपछि उनी फेरि मामा घर भारत नै गएका थिए ।
एक हप्ता अघि कञ्चनपुरका लागि सात जनालाई काठमाडौं ल्याउँदा रावललाई पनि ल्याइएका थिए । बाँकी छ जनालाई प्रहरीले रिहा गरिसकेको छ भने रावललाई हिरासतमा राखिएको छ । लागू औषध प्रयोगकर्ता रावललाई यसअघि काठमाडौंबाटै पक्राउ गरिएको भनिए पनि कञ्चनपुरबाटै अनुसन्धानका लागि काठमाडौं ल्याइएको थाहा भएको छ ।
उमेरले १८ बर्ष पुगेका रावलको डिएनए म्याच भएमा उनीविरुद्ध कारवाही अघि बढाउनेछ । निर्मलाका हत्यामा संलग्नलाई कारवाही गर्न देशभरबाट गत विगत चार महिनादेखि आन्दोलन जारी छ ।