‘आइसोनिक ड्रिङ्क १०० प्लस’ नेपाली बजारमा

Advertisement

काठमाडौँ । सारा ग्रुपले मेलेसियाको ‘आइसोनिक ड्रिङ्क १०० प्लस’ नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौँमा आइतबार एक कार्यक्रमका बीच ‘आइसोनिक ड्रिक १०० प्लस’ सार्वजनिक गरिएको हो ।

मेलेसिया र सिंगापुरमा लोकप्रिय भएपछि सो पेय प्रदार्थलाई नेपाली बजारमा भित्र्याएको हो। मलेसियाको ‘एफ एण्ड एन’ कम्पनीको मुख्य उत्पादनमा रहेको ‘१०० प्लस’ ले मेलेसिया, थाइल्याढड र सिंगापुरका साथै आसपासका अन्य मुलुकहरुमा पनि बजार विस्तार गरिसकेको कम्पनीले जनाएको छ।

सारा ग्रुपका प्रबन्ध निर्देशक दीपक केसी, १०० प्लस मलेसियाका म्यानेजर च्याङ् जेसी, ब्राण्ड म्यानेजर वाइ यीन, नेपाली राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ् शेर्पाले पेय पदार्थ संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।

सारा ग्रुपका प्रबन्धक दीपक केसीले १०० प्लस मलेसिया, थाइल्याण्ड, सिंगापुर लगायतका देशमा लोकप्रिय रहेको र नेपाली बजारमा पनि लोकप्रिय हुने बताए।

नेपाली बजारमा धेरै प्रकारका वेभरेज भएपनि यसको स्वाद र गुणस्तरले उपभोक्ताको मन जित्ने निर्देशक केसीले दाबी गरेका छन्।

नेपाली फुटबलका राष्ट्रिय खेलाडी किरण चेम्जोङ्ले खेल जीवनमा सक्रिय रहन विभिन्न वेभरेजको आवश्यकता पर्ने र आइसोटिक १०० प्लस अरु वेभरेज भन्दा उत्कृष्ट रहेकाले आफू यसमा ब्राण्ड एम्बेसडर रहेको बताए।

Advertisement

Advertisement

Advertisement