माउन्टेन फ्लाइटबाट नेपालका हिमालहरु हेरे नरवणेले

Advertisement

काठमाडौं । मानार्थ महारथीको उपाधिका लागि काठमाडौं आएका भारतीय स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेले शुक्रबार माउन्टेन फ्लाइटबाट नेपालका हिमालहरु अवलोकन गरेका छन् । 
 
नेपाली सेनाका अनुसार उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइएको छ । नेपाली सेनाको हेलिकप्टर चढेर नरवणे बिहानै दृश्यावलोकनमा निस्किएका हुन् । 

तीन दिने नेपाल भ्रमणमा आएका उनले बिहीबार नै राष्ट्रपतिबाट मानार्थ महारथीको उपाधि पाइसकेका छन् । उनी आज स्वदेश फर्किने कार्यक्रम छ । फर्किनुअघि प्रधानमन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement