हतियार बनाउने कारखाना प्रहरीले भेट्यो, दुई जना पक्राउ

Advertisement

दाङ । प्रहरीले अवैधरुपमा हतियार बनाउने कारखाना फेला पारेको छ । कारखानाबाट ठूलो मात्रामा हतियार र हतियार बनाउने सामग्रीसहित दुई जनालाई पक्राउ गरिएको छ ।

दाङ प्रहरीले भारतको सीमा क्षेत्रमा पर्ने राजपुर गाउँपालिकाको भौवानामा यस्तो अवैध कारखाना भेटेको हो । कारखानाबाट पक्राउ पर्नेमा ५९ वर्षीय जीतबहादुर बुढा र ३८ वर्षीय रुद्रमनी घर्ती भए पनि मुख्य व्यक्तिहरु भने फेला पर्न सकेका छैनन् ।

यी हतियारहरु कस्का लागि किन उत्पादन गर्ने गरिएको हो ? भन्ने तथ्य भने अहिलेसम्म प्रहरीले बाहिर ल्याएको छैन् । पक्राउ परेका व्यक्ति र सामग्रीहरु भने प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

कारखानाबाट पाँच थान भरुवा बन्दुक, एक थान १२ बोर राइफल, तीन थान एयरगन, एक एक थान कटुवा पेस्तोल र रिभल्भर, १२ थान सानो हतियारको नाल, २९ थान ठूलो हतियारको नाल र अतियार बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement